युएईमाथि नेपालको फराकिलो जीत

युएईलाई एक सय ७७ रनले पराजित गर्दै नेपाल लिगको चौथो स्थानमा उक्लेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा आज भएको खेलमा ललित राजवंशीले ५ विकेटले लिएसँगै नेपालले सहज जीत हासिल गरेको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको शुरूवात भने खराब रह्यो । आसिफ सेख खाता नखोली पवेलियन फर्किँदा नेपालले कुशल भुर्तेललाई पनि ८ रनमै गुमायो । कुशल मल्ल पनि ९ रन बनाउँदै भएपछि नेपालले एक समय २२ रन बनाउँदा नै तीन विकेट गुमाइसकेको थियो ।

त्यसपछि भने कप्तान रोहित पौडेलले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ तथा आरिफ सेखसँग ८६ रनको साझेदारी गरे । पौडेलले व्यक्तिगत ७७ रन बनाउँदा सार्कीले २९ र आरिफले ४३ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३४ र गुल्सन झाले पनि ३७ रन बनाए । नेपालले ४९.२ ओभर खेलेर अलआउट हुँदै २ सय ४८ रनको योगफल तयार गर्यो ।

प्रतिउत्तरमा राजवंशीको पाँच विकेट र सन्दीप लामिछानेको दुई विकेटको मद्दतले युएईलाई ७१ रनमा अलआउट गर्न सफल भयो । युएईका आयन अफ्जल खानको २९ रन नै सर्वाधिक स्कोर रह्यो । जीतसँगै नेपालले विश्वकप छनोटमा सिधै छनोट हुने सम्भावना कायम राखेको छ । अब नेपालले बाकिँ दुई खेलमा पनि जीत हासिल गरे विश्वकप छनोटमा सिधै खेल्न पाउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button