युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड सम्पन्न

युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड सम्पन्न भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे एक कार्यक्रमबीच एफपिओ बाँडफाँड गरिएको हो । गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ बिक्रीका लागि आवेदन खुला गरिएको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपिओमा १३ लाख ५७ हजार १८० आवेदकले कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

बाँडफाँड अनुसार गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ९ सय ३७ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले थप ११ कित्ता सेयर पाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button