अस्ट्रेलियाको अर्थतन्त्र मन्दीको खतरामा

केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै अस्ट्रेलियाको अर्थतन्त्र मन्दीमा जाने सम्भावना बढेको छ ।

त्यहाँको रिजर्भ बैंक अफ अस्ट्रेलियाले यसै साता त्यहाँको क्यास रेटलाई ४.१०% पुर्याएको थियो । अन्तर बैंक ब्याजदर सरह चल्तीमा रहेको क्यास रेटका आधारमा नै अस्ट्रेलियाका सबै ब्याजदरहरु निर्धारित हुने गर्दछ । यस अर्थमा क्यास रेट बढ्दा त्यहाँका सबै किसिममा ब्याजदर बढ्ने भएको हो । कोभिड समयमा ०.२% सम्म झरेको क्यास रेट अहिले भने सन् २०१२ यताकै सर्वाधिक धेरै ब्याजदर हो ।

क्यास रेट बढेसँगै त्यहाँ आर्थिक मन्दीको सम्भावना ५०% पुगेको कमनवेल्थ बैंकले जनाएको छ । तीव्र मुद्रास्फीतिलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले ब्याजदर बढाउने गर्दछ । ब्याददर सस्तो हुँदा व्यापार व्यवसाय तथा सार्वजनिक खर्च अत्यधिक बढेर मुद्रास्फीति बढ्ने गर्दछ । तर ब्याजदर बढाउँदा सर्वसाधारणको खपत तथा उपभोग घट्ने र मुद्रास्फीति स्वत नियन्त्रणमा आउने गरि केन्द्रीय बैंकले ब्याजदर तल माथि गर्दछ ।

मुद्रास्फीति नियन्त्रणमा आएपनि ब्याजदर बढाउँदा अर्थतन्त्र सुस्ताएर मन्दीको संकट निम्तन सक्ने त्यहाँका विज्ञहरुले चेतावनी दिएका छन् । विगत ५० वर्ष यताकै न्यून विन्दुमा रहेको बेरोजगारी दरमासमेत ब्याजदरको वृद्धिले असर पुर्याउने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button