
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलमा मङ्गलबार ४ बजे आइपीओ बाँडफाँड भएको हो । माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपिओ भाग्यमानी ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाएका छन् । तिनै आवेदकमध्ये बात ७ जनाले थप १-१ कित्ता सेयर पनि पाएका छन् ।
आईपीओमा कुल ११ लाख ८५ हजार २०६ आवेदकले १ करोड २९ लाख ८६ हजार ३९० कित्ता सेयर आवेदन माग गरेका थिए ।