प्याजको बोराभित्र लुकाई अवैध कपडाको तस्करी, दुई पक्राउ

प्याजको बोराभित्र लुकाईछिपाई ल्याउँदै गरेको ९० बोरा अवैध कपडा प्रहरीले बरामद गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगर-१५ स्थित रातोमाटे चेकपोस्टमा बिआर ०६ जिए ५०५३ नम्बरको ट्रकमा चारैतिरबाट १६८ वटा ५० किलोको प्याजको बोराले लुकाएर ल्याएको कपडा बरामद गरिएको हो । ट्रकमा ८४ क्विन्टल प्याज भित्र प्याजकै भन्सार तिरेर अबैध भन्सार छलिका विभिन्न किसिमका ९० बोरा कपडा फेला परेको थियो ।

असार १ गते साँझ ७:४० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रकसहित ट्रक चालक भारतको पन्जाब राज्य लोदियाना जिल्लाको रसलपुर वडा नं. ७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र भारतको बिहार राज्य जिल्ला मोजफरपुर ग्राम माहामाद बस्ने २६ वर्षीय सुधिर कुमार सहनीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले थप अनुसन्धान कार्यको लागी चालक, सहचालक, ट्रक र सामान आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाउने जनाएको छ । बरामद भएको कपडाको अनुमानित मूल्य १ करोड ५५ लाख ६ सय ९७ रुपैयाँ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button