क्यानडा एयर फोर्सको हेलिकप्टर ओट्टावा नदीमा खस्दा दुईको मृत्यु

क्यानडाको सैन्य एयर फोर्सको हेलिकप्टर ओट्टावा नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मङ्गलबार मध्यराति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने थप दुई जना उद्धार गरिएको छ । उनीहरुको अस्पतालमा उपचार भइरहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेले जानकारी दिए । ट्रुडेले मृत्यु भएका सेनाको परिवारप्रति समवेदना पनि व्यक्त गरेका थिए ।

हेलिकप्टर दुर्घटना बारे विस्तृत अनुसन्धान गरिने पनि ट्रुडेले विश्वास दिलाए । रोयल क्यानेडियन एयरफोर्सको चिनोक सिएच हेलिकप्टर उत्तरपूर्वी ओट्टावास्थित पेन्टावावा मिलिटरी बेसक्याम्प नजिकै नदीमा खसेको थियो ।

सन् २०२० मा पनि क्यानेडियन एयरफोर्सको हेलिकप्टर ग्रीसको समुन्द्री तटमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button