पेरिसमा शक्तिशाली विस्फोटन, ३७ घाइते

फ्रान्सको राजधानी पेरिसमा भएको शकांस्पद विस्फोटनको घटनामा परी ३७ जना घाइते भएका छन् ।

बुधबार अपरान्हपख पेरिसको ऐतिहासिक ल्याटिन क्वाटर नजिकै रु सेन्टज्याक्स सडकमा भएको विस्फोटमा पेरिस अमेरिकन एकेडेमी नामक डिजाइन स्कुल रहेको भवन आंशिक रुपमा भत्किएको छ । भत्किएको भवनको भग्नावशेषमा दुई जना पुरिएको आंशकामा खोजी कार्य जारी रहेको छ । स्नीफर कुकुरहरुले मानिसको गन्ध पाएपछि खोजीकार्य व्यापक पारिएको जनाइएको छ ।

घटनामा घाइते ३७ मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । विस्फोट पछि त्यहाँ ठूलो आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन तीन सय अग्नि नियन्त्रक खटिएका थिए । विस्फोट अघि त्यो क्षेत्रमा ग्याँसको गन्ध आएको स्थानीयले जनाएका छन् । त्यसै आधारमा ग्याँस विस्फोट भएको आशंका गरिएपनि यकिन भने भइसकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button