उच्च अदालत पाटनले काठमाडौंका हलमा भारतीय फिल्म चल्न नदिने मेयर बालेनको निर्देशनविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अदालतले आदेश दिएसँगै अब हलहरु भारतीय चलचित्र प्रदर्शन गर्न पाउने भएका छन् । आदीपुरुष नामक एक हिन्दी चलचित्रमा जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका थिए । उक्त निर्णयको विरोध गर्दै नेपाल चलचित्र संघले अदालतमा रिट दर्ता गरेको थियो ।
न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सोही मुद्दामा सुनुवाई गर्दै सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न आदेश दिएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution