नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ ।
आज बिहान १० बजे ठमेलस्थित होटेल अलफ्टमा एक कार्यक्रमबीच कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले आयोजना गरेको बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । उनैको हातबाट गोलाप्रथाको बल पनि तानिएको थियो ।
रिपब्लिक मिडियाले जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ बिक्री गर्न आवेदन माग गरेको थियो । यसै अनुसार १२ लाख २७ हजार ५६९ आवेदकबाट परेको १ करोड ३२ लाख ४१ हजार ८२० कित्ता सदर भएकोमा गोलाप्रथाबाट ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपिओको बाँडफाँड केही घण्टा अघि नै सकिए पनि नतिजा भने हालसम्म उपलब्ध भएको छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution