सेयरबजारमा ५६.९४ अङ्कको उछाल, ३८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

मङ्गलबार सेयरबजारमा ५६.९४ अङ्कको उछाल आउँदा ३८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज करिब ५७ अङ्कको वृद्धिसँगै नेप्से २१८६.३६ विन्दुमा पुगेको छ भने ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार भन्दा बढीको कारोबार भएको छ । ३३ माइक्रोफाइनान्स कम्पनीमा पोजिटिभ सर्किट लाग्दा आज समग्र माइक्रो फाइनान्स इन्डेक्स नै ८.९६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फाइनान्स इन्डेक्स पनि ४.४ प्रतिशतले वृद्धि भएको छ ।

मङ्गलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा स्वावलम्बन लघुवित्त, शिवम् सिमेन्ट, सोल्टी होटल शीर्ष तीन स्थानमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button