“प्राइम-टाइल्स् विथ स्टाइल” अब नेपाली बजारमा

प्राइम सेरामिक्स् प्राइभेट लिमिटेडले बिहिबारदेखि आफ्नो उत्पादन प्राइम-टाइल्स् विथ स्टाइल लाई बिक्री वितरणमा ल्याएको छ ।

कम्पनीका अनुसार नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधिद्धारा पूर्णरुपमा स्वचालित उद्योग स्थापना गरिएको छ । विश्वमा सेरामिक प्रविधीमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनीको सम्पूर्ण मेसिन प्रयोग गरेको उद्योगले उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको बताएको छ ।

हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्यधिक महंगो र पहुँचभन्दा बाहिर रहेको अवस्थामा उद्योगले देशको कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्ने लक्ष्य लिएको छ । साथै उद्योगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको श्रृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५-२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध बताएको छ ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको मागलाई कम्पनीले पूरा गर्ने पनि उल्लेख गरेको छ । कम्पनीले एकै छानामुनी घरायसी, व्यापारीक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदिमा प्रयोगको लागि २५० डिजाइनभन्दा बढीको भित्ता र भुईमा लाग्ने टाइल्स् उत्पादन गर्ने जनाएको छ ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रबर्द्धित प्राइम सेरामिक्सको कुल लगानी दुई अर्ब रुपैयाँ रहेको छ । दैनिक डेढ लाख वर्ग फिट टायल उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button