आइतबार पाँच सयले बढ्यो सुनको भाउ

सुनको भाउ पछिल्लो दुई दिनमा ७ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार २ सयले बढेको सुनको मूल्य आज थप ५ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको जनाएको छ । यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय ५० रुपैयाँ तय भएको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ कायम थियो ।

यस्तै, आइतबार चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँको वृद्धि भएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button