नेप्सेमा ५३ अङ्कको गिरावट, सूचक २१०० को विन्दुभन्दा तल ओर्लियो

साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट आएको छ ।

भारी गिरावटसँगै नेप्से परिसूचक पनि २१०० को विन्दुभन्दा तल झरेर २०९७.२९ अङ्कमा बन्द भएको छ । आइतबार भारी गिरावट आएपनि ५ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज २८६ कम्पनीको एक करोड १३ लाख २३ हजार एक सय ८३ एकाई सेयर खरिदबिक्री हुँदा कुल पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार भन्दा बढी रकमको कारोबार भएको हो ।

आइतबार बिपिडब्ल्यु लघुवित्त र सिटी होटलको सेयर १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदा सृजनशील र माउन्टेन हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै गुमाए । ती कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरै घट्यो । सबैभन्दा धेरै कारोबार हुने कम्पनीतर्फ हिमालयन लाइफ इन्सुरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटल शीर्ष तीनमा रहे । हिमालयन लाइफको ४२ करोड, शिवम् सिमेन्टको २७ करोड तथा सोल्टी होटलको २० करोड भन्दा बढीको कारोबार भयो ।

विगत तीन साता निरन्तर बढेको सेयरबजारमा अघिल्ला केही कारोबार दिनमा तीव्र प्रोफिट बुकिङ देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button