थ्रीस्टार हाइड्रोको आइपिओ बाँडफाँड सम्पन्न

थ्रीस्टार हाइड्रोको आइपिओ मङ्गलबार बाँडफाँड भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालयमा आज बिहान ९:३० बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड गरिएको हो । ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणमा आइपिओ आवेदन खुला गरेको थियो जसका लागि १० लाख २१ हजार १९८ आवेदकबाट परेको १ करोड ९ लाख ४४ हजार ५६० कित्ता सदर आवेदन परेको थियो ।

गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपिओमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले आइपिओमा असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणसँग आवेदन माग गरेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button