
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।
कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो जस अनुसार गोलाप्रथामार्फत् ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले कुल ६ लाख ५० हजार कित्ता सेयर आईपीओमध्ये ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्ट्याएको थियो ।
यस कम्पनीको प्राथमिक निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।