दोस्रो विश्वयुद्धकालीन दुई सय २७ किलोको बम डिफ्युज गर्न नाउरुमा विपद्कालको घोषणा

दोस्रो विश्वयुद्धकालीन दुई सय २७ किलोको बम डिफ्युज गर्न नाउरु देशम मा विपद्कालको घोषणा गरिएको छ ।

प्रशान्त महासागरमा अवस्थित विश्वकै सानो देशमध्येको एक नाउरु टापुमा उक्त विशाल बम निष्क्रिय पार्न स्कुल तथा कार्यालयमा बिदा दिइएको छ भने थुप्रै ठाउँ खाली गरिने जनाइएको छ । २१ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त टापुको जनसंख्या करिब ११ हजार रहेको छ । उक्त बम निष्क्रिय पार्ने क्रममा करिब २ किलोमिटर क्षेत्रफल खाली गरिनेछ भने बाकिँ जनसंख्यालाई बम विस्फोट भएमा सम्भावित तयारी गराइएको छ । मानिसहरुलाई झ्यालका सिसामा सिरानीहरु राख्न सुझाव दिइएको छ ।

जुलाई ७ मा निर्माणका काम गर्ने कामदारहरुले उक्त बम फेला पारेका थिए । अस्ट्रेलियादेखि करिब ४५ किलोमिटरको दुरीमा रहेको नाउरुमा फेला परेको उक्त बम निष्क्रिय पार्न अस्ट्रेलियन सेनाको टोली आउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button