गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती

राजाराम पौडेल । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ ।

आर्थिक वर्ष ०७९/८० को तुलनामा यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको हो । यसरी कम बजेट विनियोजन हुँदा सुरुवात गरिएका केही कार्यक्रमलाई निरन्तर अगाडि बढाउन समस्या हुने जनाइएको छ ।

‘अघिल्लो वर्ष प्रज्ञा प्रतिष्ठानको लागि ३ करोड २८ लाख बजेट छुट्याइएको भएपनि यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन भएको छ’ प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले भने । यो वर्ष स्वास्थ्य बीमा, श्रष्टा वायोग्राफी, भाषा प्रशिक्षण, प्रकाशन र दिवस तथा समारोह शिर्षकको रकम कटौती गरिएको हो । प्रतिष्ठानले तिव्रताका साथ काम गरिरहेका क्षेत्रमा बजेट कटौती हुँदा अन्यौलता थपिएको सदस्य सचिव श्रेष्ठले जनाए ।

अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रज्ञा प्रतिष्ठानले २ सय जना श्रष्टाहरुको स्वास्थ्य बीमा गरेको थियो । कम्तिमा १० वर्षदेखि सो विधामा योगदान पुर्याएका स्रष्टाको बिमा गरिएको प्रतिष्ठानको भनाई छ । बजेट कटौती हुँदा अबको वर्ष यो कार्यक्रमलाई निरन्तरता दिन समस्या हुने भएको छ ।

प्रतिष्ठानले स्थापित जाति विस्थापित भाषा नाम दिएर मातृभाषा प्रशिक्षण कार्यक्रम गरिरहेको थियो । यो वर्ष यो शीर्षकको बजेट समेत कटौती हुँदा प्रतिष्ठानको अभियानमा धक्का लाग्ने जनाइएको छ । यस्तै गत वर्ष प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना स्रष्टाको वायोग्राफी तयार पारेको थियो । यो वर्ष थप श्रष्टाको वायोग्राफी तयार पार्ने योजना बनाएपनि बजेट कटौती हुँदा अन्यौलता थपिएको छ ।

गण्डकी प्रदेशका कला साहित्य संगीततर्फका स्रष्टाहरुलाई नगद सहित सम्मान सहितको कार्यक्रम गरेर स्थापना दिवसको कार्यक्रमलाई भव्य रुपमा मनाउदै आएको प्रतिष्ठानले अबको वर्ष यो शीर्षकमा खर्च गर्न नपाउने भएको छ । यसैगरी प्रतिष्ठानले नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको थियो । यसपटक प्रकाशन शिर्षकको बजेट कटौती भएकोले यो वर्ष प्रकाशन सम्बन्धी काममा पनि समस्या प्रतिष्ठान स्रोतले जनाएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गर्नको लागि भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button