कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

आइतबार बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ बजे उक्त हाइड्रोको आइपिओ बाँडफाँड गरिएको हो । बाँडफाँड अनुसार भाग्यमानी १० हजार ११४ जनाले १० कित्ताका दरले सेयर पाएका पाएका छन् भने थप एक जनाले ११ कित्ता सेयर पाउन सफल भएका छन् ।

कम्पनीले आफ्नो जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता प्रारम्भिक निष्कासन गरेको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशतले हुन आउने २ हजार ४३७ कित्ता सेयर कर्मचारीलाई छुट्टाइएको थियो ।

उक्त आइपिओ करिब १ सय ११ गुणाले ओभरसब्सक्राइब्ड भएको थियो । आइपिओको नतिजा धितोपत्र बिक्री प्रबन्धक, आईपीओ निष्कासन गर्ने कम्पनी र सीडीएससीको वेबसाईटमा हेर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button