सुनको भाउ घट्यो

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार आज तोलामा २०० रुपैयाँले घटेर कारोबारमा आएको हो । हिजो सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button