गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ निर्वाचित

पोखरा । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ निर्वाचित भएका छन् । शनिबार आयोजित संस्थाको प्रथम अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन भएका छन् ।

समितिको सदस्यमा सुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र रविन्द्र तझ्या छन् ।

कार्यक्रममा नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय अध्यक्ष तथा संघीय सांसद ध्रुवबहादुर प्रधानले जिम्न्याष्टिक सबै खेलहरुको पनि खेल भएको बताउँदै सोचे अनुरुपमा अझै विकास गर्न नसकिएको स्पष्ट पारे । उनले गण्डकी प्रदेशको जिम्न्याष्टिकलाई उकास्नका लागि प्रदेश समिति निरन्तरताका साथ लाग्न सुझाव दिए ।

गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री, प्रदेश सांसद राजीव गुरुङले सवैको साथ र सहयोगले जिम्न्याष्टिक खेललाई अगाडि बढाउन सुझाव दिए ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको खेल क्षेत्र विकासका लागि प्रदेश खेलकुद परिषद योजनाका साथ अगाडि बढेको बताए ।

कास्की जिल्ला जिम्न्याष्टिक संघका अध्यक्ष सोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य विनोद शेरचन, कास्कीका सल्लाहकार केशवशरण पौडेल, कास्कीका निवर्तमान सचिव प्रकाशचन्द्र सापकोटा लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button