पोखरा । जाउलाखेल युथ क्लबले पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपमा विजयी शुरुआत गरेको छ ।
मछिन्द्र क्लबलाई १-० ले पराजित गर्दै जाउलाखेल प्रतियोगिताको अन्तिम आठमा पुगेको छ ।
जावलाखेलका हिसुब थपलियाले खेलको ३८ औं मिनेटमा गरेको गोल नै जीतका लागि निर्णायक बन्यो ।
जाउलाखेलले सेमिफाइनल प्रवेशका मनाङ्ग मर्स्याङ्गदीको सामना गर्नेछ । सो खेल माघ १४ गते हुनेछ ।
प्रतियोगितामा चौथो खेल भोलि विभागीय टिम एपीएफ र चर्च ब्वाइजबीच हुनेछ ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारासहित १२ टोली सहभागी छन् ।
प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution