नेपाल १ सय १५ रनमै अलआउट

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-२० क्रिकेटको सेमिफाइनलमा नेपालले अहिले आयोजकसँग खेलिरहेको छ ।

जितका लागि मलेसियाले १ सय १६ रनको चुनौती पछ्याउँदैछ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११ सय ५ रन बनायो ।

कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए ।

यो खेलको विजेताले उपाधिका लागि फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो ।

यूएईले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ७० रन बनाएको थियो । जवाफमा थाइल्याण्ड चार बल बाँकी छँदै अलआउट भएर ६६ रनमात्र बनाउन सक्यो ।

यसअघि क्वार्टरफाइनलमा कुवेतमाथि सहज जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ७४ रनको सामान्य चुनौती नेपालले वर्षाका कारण पुनः चुनौती घटेर १२ ओभरमा ५० रन बनाउनु परेपछि ६.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाल ८ विकेटले विजयी भयो । नेपालका लागि कप्तान इन्दू बर्माले २१ बलमा अविजित रहँदै २२ तथा सीता राना मगरले १५ बलमा १७ रन जोडिन् । त्यस्तै कविता जोशीले १ बलमा अविजित रहँदै ४ तथा कविता कुँवरले ४ बलमा १ रन बनाइन् ।

यसअघि वाईएसडी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा ७३ रन बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले ह्याट्रिक गरिन् । उनले आफ्नो दोस्रो ओभरमा ह्याट्रिक गरेकी हुन् । उनले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।

त्यस्तै कविता कुँवरले ९ रन खर्चेर २ तथा रुबिना क्षेत्री बेल्वाशीले १० रन खर्चेर २ विकेट लिइन् । कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक २९ रन जोडिन् ।

नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८-८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २ सय १४ रनले पराजित गरेको थियो ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वार्टरफाइनलमा पुगेका थिए । त्यसैगरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button