पोखराको काहुँडाँडामा भीषण आगलागी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा भीषण आगलागी भएको छ  ।

वडाध्यक्ष प्रेम कर्माचार्यका अनुसार मणिपाल शिक्षण अस्पतालदेखि केही माथिको जंगलमा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल पुगेको भएपनि बाटोका कारणले समस्या भएको वडाध्यक्ष कर्माचार्यले जानकारी दिए ।

आज राति ८ः३० बजेदेखि आगलागी सुरु भएको उनले बताए । ‘केही दिनदेखि पटक-पटक आगलागी भइहेको थियो । तर त्यो सानो थियो । तर आज भीषण भयो’, उनले भने ।

नेपाली सेना र प्रहरीको टोली त्यस स्थानमा पुगेको छ । उनले आगो निकै भीषण भएकाले नियन्त्रण लिन कठिन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button