विश्वकप छनोट : बहराइनसँग नेपालकाे लज्जास्पद हार

बहराइन । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल पराजित भएको छ । नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ ।

रिफास्थित नेसनल स्टेडियममा गएराति सम्पन्न खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्दै बहराईनले नेपाललाई हराएको हो ।

बहराइनले खेलको दुई मिनेटमै पहिलो, नवौं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल गरेको थियो ।

यस्तै दोस्रो हाफपछि खेलको ८७औं मिनेटमा चौथो र इन्जुरी समयमा पाचौं गोल गरेको थियो ।

समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहीन हुँदै अन्तिम स्थानमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button