पोखरा । मुख्यमन्त्री अन्तर प्रदेशस्तरीय राष्ट्रिय कबड्डी प्रतियोगिता आजदेखि नवलपरासीमा सुरु हुँदैछ । प्रतियोगितामा गण्डकी प्रदेशबाट पनि सहभागिता रहनेछ ।
गण्डकीबाट १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
खेलाडीहरूमा हीराप्रसाद गौचन (कप्तान), विशाल थापा, जवन बोलन, डिलबहादुर थापा, सुजन पुन, अस्मिर राना, उचित रिमाल, भोला विन, तुलबहादुर थापा, टेकबहादुर राना, सुभम शाक्य र विष्णु केवत रहेका छन् ।
टिम प्रशिक्षकमा सन्दीप पन्त र व्यवस्थापकमा विक्रम थापा छन् ।
खेलाडीहरू प्रस्थान गर्नुअघि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, परिषद्का कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश कबड्डी संघका सचिव हरि जिसीलगायतले जितको शुभकामनासहित बिदाइ गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution