देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा मध्यम, कतै भारी वर्षा हुने

  • पोखरा न्यूज
  • २०८१ भाद्र १४
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा मध्यम, कतै भारी वर्षा हुने

पाेखरा । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने मनसुनी वायुको प्रभाव पनि रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राती देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस