म्याग्दीमा हुलाक कार्यालयको पुनःसंरचना

म्याग्दी । म्याग्दीस्थित हुलाक कार्यालयको पुनःसंरचना गरिएको छ । हुलाक कार्यालयको पुनःसंरचना गर्ने सरकारी नीति कार्यान्वयन गरिएको जिल्ला हुलाक अधिकृत रमेश अधिकारीले बताए ।

म्याग्दीमा यसअघि एक जिल्ला, १० इलाका र २९ अतिरिक्त हुलाक कार्यालय थिए । जिल्ला हुलाक कार्यालयलाई कायमै राखेर १० वटा इलाकामध्ये सदरमुकाम बेनीबाहेकका पाँच स्थानीय तहमा एक/एक हुलाक कार्यालय कायम गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

“एक स्थानीय तहमा एक मात्र हुलाक रहने सरकारको नीति अनुसार २९ वटा अतिरिक्त हुलाक कार्यालय त्यहाँ कार्यरत स्थायी कर्मचारीको सेवा अवधिसँगै रहने छैनन्”, हुलाक अधिकृत अधिकारीले भने, “इलाका हुलाक कार्यालय खारेज भएपछि त्यहाँका स्थायी कर्मचारीलाई अन्यत्र व्यवस्थापन र अस्थायी करारका छ जनालाई बिदाई गरिएको छ ।”

देशका धेरै जिल्लामा हुलाक कार्यालय समायोजनको विषय जटिल भएको अवस्थामा म्याग्दीमा जनप्रतिनिधि, सरोकारवालाको सहयोग र समन्वयले समायोजन सफल भएको हुलाक अधिकृत अधिकारीको भनाइ छ ।

हुलाक कार्यालयले चिठीपत्रको साथै कानुनले प्रतिबन्ध नलगाएका वस्तुहरुको ओसारपसारसम्बन्धी सेवा विस्तार गरेको छ । पसलबाट महँगो मूल्यमा टिकट बिक्री गरेको पाइएपछि कार्यालय समयबाहेक हुलाक कार्यालयबाटै टिकट बिक्रीको व्यवस्था मिलाएको कार्यालयका खरिदार मिन बरुवालले बताए ।

जिल्ला र इलाका हुलाक कार्यालयमा इन्टरनेट जडान गरिएको र सेवाग्राहीले आफूले पठाएको चिठी तथा सामान कहाँ पुग्यो भनेर ‘जिपिएस ट्रयाकिङ’ गरेर हेर्न मिल्ने व्यवस्था मिलाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button