घाचोक-पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा बैरागी

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ११
घाचोक-पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा बैरागी

पोखरा । पोखरामा कास्की-पोखरा सम्पर्क समाज गठन भएको छ । समाजको अध्यक्षमा तोयनाथ लम्साल (वैरागी) चयन भएका छन् ।

समाजको उपाध्यक्षमा महेश्वर पोखरेल, सचिवमा जगत गुरुङ, सहसचिवमा विष्णु पोखरेल, कोषाध्यक्ष्माा सीता लम्साल आचार्य (सरिता) र सहकोषाध्यक्षमा नारायण गुरुङ चयन भए ।

यस्तै कार्यसमिति सदस्यमा भानुभक्त पोखरेल, मेनका आचार्य, चूडामोहन लम्साल, सोमनाथ लम्साल, चन्द्राज्यू ठकुरी, लेखबहादुर खत्री, कृष्ण दवाडी र भोजबहादुर नेपाली छन् ।

यस्तै सल्लाहकारमा हरिश्चन्द्र लम्साल, मीनप्रसाद लम्साल, मीनराज लम्साल, गोविन्द प्रसाद पोखरेल, सु. तोरणबहादुर गुरुङ, शिवराम लम्साल, शिवराम लम्साल, गंगालाल पोखरेल र विष्णु केसी छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोक जन्म घर भइ हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेको शनिबार पोखरामा भएको भेलाले घाचोक-पोखरा सम्पर्क समाजको तदर्थ समिति गठन गरिएको हो ।

घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि पोखरामा रहेर योगदान गर्दै एकापसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यले समाज गठनका लागि पोखरामा भेला आयोजना गरिएको थियो ।

भेलाले पाँच सदस्सीय विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा विष्णुप्रसाद पोखरेल, शिवप्रसाद पोखरेल, दुर्गा घोरासैनी,सुवासचन्द्र लम्साल र राकेश गुरुङ छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस