
पोखरा । आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला दुई चार सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज सुन प्रतितोला एक लाख ६२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एक हजार रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँ घटेको छ ।
सोमबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँ रहेको चाँदी आज एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





