जनप्रिय क्याम्पसमा स्पोट्र्स मिट पुरस्कार वितरण

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसमा एसोसिएसन अफ बिबिए/बिआईएम स्टुडेन्ट (एबिबिएस) द्वारा आयोजित स्पोटर्स मिट-२०८१ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले बिबिए कार्यक्रम पहिलो पटक उपत्यका बाहिर सञ्चालन गर्ने संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको पहलको प्रशंसा गर्दै विगत दुइ दशकदेखि जनप्रिय सर्वोकृष्ट ठहरिएकाले जेएमसीका विद्यार्थी अब्बल छन् भन्ने मान्यतालाई कायम राख्न सुझाव दिए । विजुक्छेले थपे, पढेर विदेश जाने सोचभन्दा माथि उठेर स्वदेशमै व्यापार, वाणिज्य, उद्योग, जागिर र उद्यमशीलतामा लाग्न आग्रह गरे ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले अब्बल पढाई र सफलताका लागि विद्यार्थीमा निहीत प्रतिभालाई उजागार गर्न क्याम्पसले २०६२ सालदेखि नै एबिएस गठन गरी स्पोटर्स मिट र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी गराए ।

बिबिए/बिआईएम कार्यक्रम संयोजक यामकुमार बरालले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता रह्यो भने व्यक्तित्व विकासमा सहयोग पुग्ने हुँदा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

स्पोटर्स मिटका विजयी प्रतिभालाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, क्याम्पस प्रमुख कृष्णबाबु बराल, निवर्तमान क्याम्पस प्रमुख रमेशबहादुर खड्का, बिबिए/बिआईएम कार्यक्रम संयोजक यामप्रसाद बरालले पुरस्कार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

स्पोटर्स मिटमा क्रिकेट, फुटसल, भलिबल, फुटबल, बुद्धिचाल, बास्केटबल, टग अफ वार, टेबल टेनिस, व्याटमिन्टनलगायतका खेल समावेश गरिएका थिए ।

एबिबिएसका अध्यक्ष लक्ष्मण विकको सभापतित्वमा कार्यक्रममा उपाध्यक्ष प्रिया सिग्देलले स्वागत मन्तव्य राखेकी थिइन् भने कञ्चन पौडेल र अनुज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button