‘सुन आयातमा लाग्ने भन्सार शुल्क फिर्ताले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ’ [विज्ञप्ति]

पोखरा । सरकारले सुन आयातमा लगाइएको भन्सार शुल्क फिर्ता लिएपछि नेपाली बजारमा सुनको मूल्य घटेको छ । हाल एक लाख ५० हजार आसपासमा सुनको कारोबार भइरहेको छ ।

सरकारले भन्सारमा लगाएको शुक्ल फिर्ता लिनुलाई सुनचाँदी सम्बद्ध तीन संस्थाले स्वागत गरेका छन् । ती संस्थाले सरकारको यो कदमले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका कार्यबाहक अध्यक्ष सनम शाक्यले बिहीबार सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन भएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका हुन् ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुन आयातमा २० प्रतिशत भन्सार शुल्क वृद्धि गरेपछि व्यवसायीले विरोध गर्दै आएका थिए ।

अर्थ मन्त्रालयले केही दिन अघि सुन आयातमा लगाइएको भन्सार शुल्क समायोजन गरेपछि निर्यात प्रवद्र्धन, रोजगारी विस्तार, राजश्व अभिवृद्धि आदिमा महत्वपूर्ण योगदान पुर्याइरहेको अवस्थामा भन्सार शुल्कमा गरिएको समायोजनले सुनचाँदी क्षेत्र साथसाथै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनको आयातमा लगाउँदै आएको भन्सार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पुर्याएकोले सम्पूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानूनको तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्नेलगायतका माग राखी महासंघहरुद्वारा संयुक्त रुपमा शान्तिपूर्ण विरोधका कार्यक्रमसहित नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो ।’

यस्ताे छ विज्ञप्ति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button