विद्युतीय गाडी लिपमोटर सि१० अब पोखरामा

  • पोखरा न्यूज
  • २०८१ मंसिर २७
विद्युतीय गाडी लिपमोटर सि१० अब पोखरामा

पोखरा । इलेक्ट्रिक गाडी कम्पनी लिपमोटरले प्रिमियम लिपमोटर सि१० पोखरामा सार्वजनिक गरिएको छ ।

प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी पोखराको आधिकारिक विक्रेता एसएसएल मोटर्स कम्पनी प्रालिले सि१० लाई पोखरामा गाडी भित्र्याएको हो ।

पोखरामा एक कार्यक्रमबीच गाडी सार्वजनिक गरिएको छ । सो अवसरमा पाँच जना ग्राहकलाई लिपमोटर सि१० गाडीको चावी हस्तान्तरण गरिएको छ ।

हाल अमरसिंहचोक पोखरामा रहेको एसएसएल मोटर्स कम्पनीले छिट्टै लिपमोटर र सिट्रोनको नयाँ शोरुम चाउथेमा सुरुवात गर्ने तयारी गरेको छ ।

लिपमोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री र सुविधायुक्त गाडी बजारमा ल्याएको छ ।

प्रिमियम सेगमेन्टमा राम्रो गाडी रोज्ने ग्राहकका लागि यो गाडी उपयुक्त हुने कम्पनीले विश्वास छ ।

लिप मोटरका लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स हो ।

साँग्रिला मोटर्स प्रा.लि. प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग आबद्ध छ ।

यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस