पोखराको होली माउण्ट स्कुल रजत जयन्ती मनाउँदै

पोखरा। पोखरा-२९ भण्डारढिकस्थित होली माउण्ट अंग्रेजी स्कुलले रजत जयन्ती मनाउने भएको छ ।

विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । उनका अनुसार माघ १९ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाइनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रजत जयन्तीको अवसरमा वृक्षरोपण, चित्रकला, वृद्धाश्रम अनाथलयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरिने न्यौपानेले जानकारी दिए ।

‘यस वर्ष हामी विद्यालयको रजत जयन्तीको वर्षमा छौँ’, न्यौपानेले भने, ‘यो वर्ष शैक्षिक पाटोसँगै विद्यालयले सामाजिक सेवाका गतिविधि पनि सक्रियताका साथ काम गर्नेछौँ ।’

रजत जयन्तीको अवसरमा विद्यालयले सोमबार जिल्ला स्तरीय अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिकतर्फ ४६ जनाको सहभागिता थियो ।

प्रतियोगितामा लक्ष्मी आदर्श माविकी रोशनी सुनार प्रथम, सोही विद्यालयकी विद्या परियार द्वितीय, रिलायन्स पब्लिक माविकी सृष्टी नेपाली तृतीय तथा युनिभर्स माविका आयान रायमाझी, विएमजी माविका अर्पन राई र शिशु कल्याण माविकी सुमी गुरुङ सान्त्वना भए ।

विद्यालयको आन्तरिकतर्फ सौगात सुनार प्रथम, प्रदीप मगर द्वितीय, दियश पुन तृतीय तथा श्रेया गुरुङ, सविन सुनार र शुभम् शुनार सान्त्वना भए ।

विजयी विद्यार्थीलाई माघ १९ गतेको कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

प्रतियोगिताको संयोजक नगेन आर्ट एकेडेमीका निर्देशक नगेन सिंह ठकुरी रहेका थिए ।

विजयी विद्यार्थीलाई नगेन आर्ट एकेडेमीमा कक्षा लिन आउनेलाई २५ देखि ७५ प्रतिशत सम्म छुट दिने ठकुरीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत र कार्यक्रम संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button