पाेखरा । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीन जनाको घटनास्थलमै र सात जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ ।
सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
जबकि अन्य सात जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएका थिए।
प्रहरी र उद्धारकर्मीले घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याएका छन् ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले दुर्घटनामा १० यात्रुको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा घाइते भएका यात्रुलाई आवश्यक सबै स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution