पोखरा । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सञ्चारमाध्यमले सीमा नाघेको प्रतिक्रिया दिएका छन् ।
बिहीबार एक ट्वीट मार्फत श्रेष्ठले भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री बारे गरेको अनर्गल प्रचारले सीमा नाघेको बताएका हुन् । उनले लेखेका छन् ” भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।”
श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति एक ढिक्को भएको पनि बताएका छन् । उनले विदेशीको फुटाउ र स्वार्थ पूरा गर भन्ने नीति सफल हुन नदिने पनि उल्लेख गरेका छन् ।