पोखरा । कास्की प्रहरीले बालिका अपहरण तथा करणी सम्बन्धी कसूरका ४ आरोपितलाई पोखरामा पक्राउ गरेको छ ।
मंगलबार बिहान ६ :३० बजे पोखरा – २ स्थित सहारा अस्पतालको अगाडिबाट वालिकालाई जबरजस्ती कारमा राखि लेकसाइडमा होटलमा लगेर करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अपहरण तथा बलात्कार आरोपमा पोखरा १८ लामागाउँबाट अन्नपुर्ण गाउँपालिका बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १८ वर्षीय सुशल गुरुङ र १९ वर्षीय पुकार गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई अपहरण तथा शरिर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरू सवार रहेको नीलो रंगको ग १ च ७७४५ नम्बरको सवारी साधन नियन्त्रणमा लिएको छ ।
यस्तो मान्छेलाइ मृतु दण हुनुपर्छ