लहन । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पाेरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।
साल्ट्र ट्रेडिङ्ग कार्पाेरेशनले चिनी प्रतिकिलो ७० रुपैयाँ र नुन प्रतिकिलो १८ रुपैयाँमा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।