पोखरा न्यूज । पोखरा महानगरका १८ सहित गण्डकीमा ६० जना कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १८ सहित नवलपुरका ४२ गरी दुई जिल्लामा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा वडा नं ३ का १२ वर्षीय बालक, ५ का २ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष, ११ का १ पुरुष, १२ का २ पुरुष तथा ३ महिला, १३ का २ पुरुष, १७ की २ महिला र २० का १ पुरुष रहेका छन ।
त्यसै गरी नवलपुर गैडाकोट नगरपालिकाका वडा नखुलेका २८ पुरुष र १४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ ।