म्याराथन सफल बनाउन शान्ति सुरक्षा दिन्छौ-प्रजिअ ढकाल

पोखरा न्यूज । पोखरामा आगामी फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन कास्कीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आयोजित उक्त म्याराथनका बारेमा मंगलबार आयोजित छलफल कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकराी ज्ञानप्रसाद ढकालले त्यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कोभिड–१९ को बीचमासमेत पोखरा म्याराथनको निरन्तरता हुनु महत्वपूर्ण हो, खेलकूदमा सक्रिय रहदा व्यक्तिगत स्वस्थ राम्रो र पोखराको पर्यटन विकासमासमेत सहयोग पुग्र्छ प्रमुख ढकालले भन्नेभयो । कास्की प्रहरी प्रमुख जीवन कुमार श्रेष्ठले पोखरा म्याराथन सफल पार्न आवश्यक सुरक्षा प्रदान गर्ने जनाउनुुभयो ।

सो अवसरमा पोखरा म्याराथनका बारेमा प्रस्तुति दिंदै भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले कोरोनाले प्रभावित भएको समग्र खेलकुदलाई चलायमान बनाउन पनि यस वर्षको सफल पोखरा म्याराथनले थप उर्जा थप्ने बताउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, राष्ट्रिय अनुसन्धान कास्कीका निर्देशक नविन अधिकारी, सशस्त्र प्रहरी कालिका गणका विश्ववन्धु पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की लगायतले म्याराथन सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

फागुन १ गते म्याराथनसहित महिलाका लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितासमेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजारका साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र शान्त्वना हुनेले १५ हजार नगद प्राप्त गर्ने छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button