माछा मार्ने क्रममा डुबेर गोरखाका युवक बेपत्ता

पोखरा न्यूज । माछा मार्ने क्रममा डुबेर गोरखाका युवक बेपत्ता भएका छन् ।

सोमबार साथीसहित त्रिशूली नदीमा माछा मार्न पुगेका गोरखा शहिदलखन गाउँपालिका ४ फेवाटार का २२ वर्षीय धन बहादुर प्रजा नदीमा डुबेर बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

वरिष्ठ उपरीक्षक पोखरेलका अनुसार सोमबार ९ बजे २६ वर्षीय साथी यम बहादुर राना सँग नदीमा माछा मार्न पुगेका प्रजा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका प्रजाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button