धारिलो हतियार प्रयोगबाट हत्या

इटहरी, १५ साउन –

धरान उपमहानगरपालिका–१५ निराजन बस्तीको पीण्डेश्वर दक्षिणमा बसोवास गर्दै आएका ३१ वर्षीय दिवाकर राईको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको छ ।

आज बिहान ३ बजेतिर सुतिरहेकै अवस्थामा धरान–१५ का दीर्घ विक र ३२ वर्षीय शक्ति लिम्बूले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button