
पाल्पा, २६ साउन –
नेकपा (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको शिर झुक्न नदिएको बताउनुभएको छ ।
पूर्वउद्योगमन्त्री पाण्डेयद्वारा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आयोजित अन्तक्र्रिया कार्यक्रममा तीन-चार महिना नाकाबन्दी हुँदा पनि नेपालको शिर झुकाउने गरी कुनै पनि सन्धि नगरेको बरु उहाँ भारत र चीन जाँदा नेपालले प्रतिष्ठा बढ्न विभिन्न सम्झौता सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नेकपा एमालेका कार्यकर्ता बुद्धिजीवी, शिक्षक तथा पत्रकारको सहभागिता रहेको थियो । रासस





