भारतीय स्वतन्त्रता दिवसका अवसरमा झन्डोत्तोलन

काठमाडौँ, ३१ साउन –

भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो।

नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गर्नुभयो । सो अवसरमा राजदूत रायले स्वतन्त्रता दिवसको अवसरमा भारतीय राष्ट्रपतिको तर्फबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो ।

india 2

भारतीय राष्ट्रपतिको सन्देशमा अफ्रिका तथा एसिया प्रशान्त क्षेत्रमा पारस्परिक समझदारीका साथ त्यस क्षेत्रका मुलुकहरुसँगको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउने दिशामा भारतको विदेश नीति केन्द्रित रहेको उल्लेख छ ।

विशेष गरी भारतको निकट छिमेकीसँग साझा मूल्य र पारस्परिक लाभका आधारमा द्विपक्षीय सम्बन्धमा नयाँ आयाम स्थापित गर्ने प्रक्रियामा रहेको सन्देशमा भनिएको छ ।

india 3

सो अवसरमा भारत सरकारका तर्फबाट नेपाललाई ४० वटा एम्बुलेन्स र आठवटा बस हस्तान्तरण गरिएको थियो भने पूर्व भारतीय सैनिकका १४ विधवा, आश्रित तथा शारीरिक रुपले अशक्तलाई रु चार करोडको चेक र कम्बल हस्तान्तरण गरिएको थियो ।

दूतावासले नेपालका दुर्गम र विभिन्न स्थानमा रहेका ५९ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानलाई पुरस्कार पनि बाँडेको छ । सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button