मन्त्री ढकाल र उहाँकी श्रीमती कोरोना संक्रमित

पोखरा न्यूज । पर्यटन मन्त्री भानुभक्त ढकाल र उहाँकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

निवर्तमान स्वास्थ्य मन्त्री समेत रहनु भएका पर्यटन मन्त्री रहनुभएका ढकालले केही बेर अघि सामाजिक संजाल मार्फत सो बारे जानकारी दिनु भएको हो ।

उहाँले सार्वजनिक गरेको सन्देशमा यस्तो लेखिएको छः

आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु टोपबहादुर रायमाझी र मणि थापालाई यस अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button