पोखराको  फुलवारी रिसोर्टमा ‘योलो समर पुल पार्टी’ हुने

पोखरा ३२ साउन –

लेभल नेक्स्ट प्रालि को आयोजनामा  आउदो सनिबार पोखरामा योलो समर पुल पार्टी’ हुने भएको छ ।

तिन बर्ष देखि इभेन्ट म्यानेजमेन्ट कम्पनीको रुपमा काम गर्दै आएको उक्त प्रालिले यसपाली भाद्र ४ गते पोखराको तारे होटल फुलबारीमा सो कार्यक्रमको आयोजना गर्ने भएको  जानकारी मंगलबार  पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो  ।

बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि रोक्ट्याक्ट क्लब अफ पोखरा फिस्टेल सगँको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको बताउदै आयोजक कम्पनीकी प्रबन्धक सिर्जना भूर्तेलले पार्टीबाट निस्केको नाफालाई सामाजिक कार्यमा खर्चिने बताइन । बिगतका बर्षहरुमा एक हजारको हाराहारीमा उपस्थिति रहने गरेकोमा यो बर्ष तनहु, बाग्लुङ र काठमाण्डौबाट पनि केहि सहभागी हुने भएकोले यो पाली उक्त संख्यामा वृद्धि हुने समेत भूर्तेलले दाबी गरिन  ।

योलो समर पुल पार्टीकै लागी भनेर जो आउनुहुन्छ उहाहरुलाइ मात्र हामी डोरमा  टिकट बिक्री गर्नेछौ’ भूर्तेलले भनिन् । पुल पार्टीको लागी टिकट दर रु ३०० ,५०० र १००० राखिएको बताउदै उनले पार्टी बाट तिन लाख को हाराहारी लागतमा पाँच छ लाख आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिइन ।

सुरुको बर्ष देखिनै क्लब उक्त  इभेन्टमा सहभागी रहनेगरेको बताउदै रोक्ट्याक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष सुजन गुरुङले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरिन ।

५ घन्टा चल्ने यु वन्ली लिभ वन्स (योलो) नाम दिइएको उक्त  पार्टीमा सहभागीले पानीमा खेल्दै गीतसङ्गीतमा झुम्दै पेय पदार्थ र खानपिनको साथमा भरपुर  मज्जा लिनसक्ने आयोजकले दाबी गरेको छ ।

पोखरामा केहि बर्ष देखि पानी, संगीत र खाना लाइ आधार बनाएर बिभिन्न इभेन्ट तथा पार्टी हरु आयोजना हुने गरेका छन् जसमा युवा पुस्ताहरुको आकर्षण बढेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button