नवनियुक्त प्रदेश प्रमुख पौडेलले गरिन पदभार ग्रहण

पोखरा न्यूज । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गर्नुभएको छ । उहाँले बुधबार पोखराको सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सोमबार प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले सोमबार नै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्नुभएको थियो।

गण्डकी प्रदेशका प्रदेश प्रमूख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सरकारले सोमबार नै सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button