एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वारा राजीनामा

पोखरा न्यूज । नेकपा(एमाले)बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । डाँगी दाङ २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाउनुभएको हो ।

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button