
पोखरा न्यूज । खाेलाकाे पानीमा ३३ वर्षीय एक युवक डुबिरहेको अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
झापाको हल्दिवारी गाउँपालिका-४ का ३३ वर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।





