एमालेबाट गृहमन्त्री बादल उम्मेदवार

पोखरा न्यूज ।  राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने हुनुभएकाे छ । यसवीचमा गृहमन्त्री बादलले उम्मेदवारी नदिने चर्चासमेत चलेकाे थियाे ।

वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका आगामी जेठ ६ गते हुन लागेकाे छ ।

उम्मेदवार टुंगो लगाउनुपहिले आज एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गर्नुभएकाे थियाे । उम्मेदवारी दिन उहाँ हेटौडा जानुभएकाे बताइएकाे छ ।

त्यसैगरी हिजाे बसेकाे एमाले स्थायी कमिटीकाे बैठकले पनि उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी उहाँलाइ उम्मेदवार बनाउने जनाएकाे थियाे ।

यसैबीच विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button