शेर बहादुर देउवाः सरकारले अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनायाे

विरोधीलाई दुख दिन मनपरि किसिमले अध्यादेश

पोखरा न्यूज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।

शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “उपसभामुखको चुनाव अहिलेसम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button